सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएन, प्रति तोला ६०० रुपैयाँ बढेपछि कति पुग्यो ?

बिजमाण्डू
२०८१ कात्तिक ५ गते ११:०० | Oct 21, 2024
सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएन, प्रति तोला ६०० रुपैयाँ बढेपछि कति पुग्यो ?


काठमाडौं। सुनको मूल्य उकालो लाग्ने क्रमले निरन्तरता पाएको छ। दसैं बिदा सकिएपछि लगातार उकालो लागिरहेको सुनको मूल्य सोमबार प्रति तोला ६०० रुपैयाँ बढेको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला १ लाख ६५ हजार ६०० रुपैयाँ पुगेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो। केही दिनयता सुनको मूल्यमा दिनदिनै रेकर्ड ब्रेक भइरहेको छ। आइतबार पनि सुन प्रति तोला ६०० रुपैयाँ महँगिएको थियो।

दसैंबिदा सकिएपछिको एक सातामा सुन तोलामा ६ हजार ५०० रुपैयाँ बढिसकेको छ।

चाँदीको मूल्य पनि सोमबार तोलामा २० रुपैयाँ वृद्धि भएको छ। चाँदीको भाउ प्रति तोला २ हजार ९५ रुपैयाँ पुगेको छ। चाँदी भाउ आइतबार तोलामा ९५ रुपैयाँ महँगिएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढ्दो क्रममा रहेकाले नेपाली बजारमा महँगो भएको हो। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य प्रति औंस २७३०.०५ डलर पुगेको छ। यो मूल्य आइतबार २७२१.४१ डलर थियो। यस्तै चाँदीको मूल्य प्रति औंस ३३.९८ डलर पुगेको छ। यो मूल्य आइतबार ३३.७१ डलर थियो।