सरकारले दुईवटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्‍यो, कुन-कुन कम्पनी परे कारवाहीमा?

बिजमाण्डू
२०८१ कात्तिक ५ गते ०९:५२ | Oct 21, 2024
सरकारले दुईवटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्‍यो, कुन-कुन कम्पनी परे कारवाहीमा?


काठमाडौं। सरकारले दुईवटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले वीरगञ्जको सी. डाटा कम्युनिकेसन र सुर्खेतको लाइफ नेटको लाइसेन्स खारेज गरिदिएको छ।

Tata
GBIME
NLIC

सी. डाटा कम्युनिकेसनले सर्तअनुसार सेवा सञ्चालन नगरेको भन्दै प्राधिकरणले कात्तिक २ गतेदेखि लागू हुने गरी खारेज गरेको छ। सी. डाटाले २०७६ माघ १९ गते प्राधिकरणबाट इन्टरनेट सेवा सञ्चालन गर्न लाइसेन्स पाएको थियो।

यस्तै, लाइफ नेटले भने लाइसेन्स नवीकरण गर्न कुनै प्रक्रिया नचालेको भन्दै प्राधिकरणले अनुमतिपत्र खारेज गरेको छ। लाइफ नेटले २०७६ भदौ ३० गते प्राधिकरणबाट इन्टरनेट सेवा सञ्चालन गर्न अनुमति पाएको थियो।

२०८१ भदौ २९ गतेसम्म लाइसेन्स अवधि रहेपनि कम्पनीले अनुमतिपत्र नवीकरणका लागि निवेदनसमेत पेस नगरेको भन्दै प्राधिकरणले कारवाही गरेको छ।

प्राधिकरणले कम्पनीलाई आगामी ३० दिनभित्र नियमानुसार तिर्नुपर्ने रकम बुझाउनुपर्नेसमेत सचेत गराएको छ।