
काठमाडौं। हिजोदेखि अवरुद्ध भएको हेटौंडा-काठमाडौं सडकखण्ड आजदेखि संचालनमा आएको छ। पहिरोका कारण सो सडकखण्ड अवरुद्ध भएको थियो।
आज सडक विभागले पहिरो हटाएसँगै सडकबाट आवतजावत खुलेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा वर्षाका कारण पहिरो गएको थियो।
यस्तै कान्ति लोकपथस्थित मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध भएको थियो।
अहिले उक्त सडकसमेत संचालनमा आएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।