काठमाडौं। नेपाल एसबिआर्इ बैंकले नविकेको हकप्रद लिलामी बेच्न एक दिन थपेको छ। शुक्रबार सार्वजनिक बिदाको कारणले एक दिन थपिएको बैंकले जनाएको छ। बैंकले हकप्रद लिलामको लागि साउन ९ देखि १६ गतेसम्म विक्री खुल्ला गरेको थियो। अब लिलामको आवेदन साउन १७ गतेसम्म दिन पाइने छ। त्यस्तै बैंकले लिलाम बोलपत्र आवेदन साउन १८ गते अपरान्ह ३:३० वजे एनएमबि क्यापिटल नागपोखरीमा खोल्ने भएको छ।
बैंकले जेठ ७ देखि असार ११ सम्मको लागि एक करोड ९९ लाख १९ हजार ४२३ कित्ता हकप्रद जारी गरेको थियो।
बैंकले नबिकेको सर्बसधारण समुह तर्फको ४ लाख ६९ हजार ५२ कित्ता लिलामको लागि आवेदन खुलाएको बैंकको बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ।
ज्योति विकास बैंकले साउन २९ गते विशेष साधारणसभा बोलाएको छ। बैंकले राप्तिभेरी विकास बैंकलार्इ प्राप्ति गर्ने विशेष प्रस्ताव गर्ने भएको छ। बैंकले डिडिए अडिट रिपोर्टको आधारमा एक बराबर एकको अनुपातमा स्वाप रेशियो पारित गर्ने भएको छ। यसै साधारण सभाबाट बैंकलार्इ राप्तिभेरी विकास बैंक प्राप्ति गर्न अन्तिम स्विकृति प्राप्त हुनेछ।
बैंकले १०० प्रतिशत बराबरको एक अर्ब १० करोड रुपैयाँको हकप्रद जारी गरिसकको छ। जसबाट बैंकको चुक्ता पूँजी दुर्इ अर्ब २० करोड रुपैयाँ पुग्ने हुदाँ राष्ट्र बैंकले निर्देशन गरेको दुर्इ अर्ब चुक्ता पूँजी पुग्नेछ। बैंकले प्राप्ति गर्न लागेको राप्तिभेरी विकास बैंकको गत आर्थिक बर्षको चैतमसान्त सम्ममा १४ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ। दुबै बैंक एकै ठाउँमा भएसगै ज्योति विकास बैंकको चुक्ता पूँजी दुर्इ अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ।