
सन् १९६९ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको इएसआरआई कम्पनी जिओग्राफिकल इन्फरमेसन सिष्टम (जिआइएस)को क्षेत्रमा कार्यरत छ। १३० मुलुकमा उपस्थिती जनाएको र विश्व भर साढे तीन लाख बढी ग्राहक आधार बनाएको कम्पनीले नेपाल, भारत र भूटानको व्यवसाय हेर्ने गरी इएसआरआई इन्डिया स्थापना गरेको छ। विश्वभरबाट बार्षिक डेढ अर्ब अमेरिकी डलर हाराहारीको व्यवसाय गर्ने कम्पनीले आफुलाई जिआइएसमा मार्केट लिडर रहेको दावी गर्दै आएको छ। नेपालमा गोल्छा अर्गनाइजेसनसँगको सहकार्यमा राम्रै ग्राहक आधार बनाइ सकेको र थप बजार बिस्तारको तयारीमा रहेको कम्पनीले हालै आयोजना गरेको 'युजर कन्फ्रेन्स'मा भाग लिन इएसआरआई इन्डियाका प्रेसिडेन्ट अगेन्द्र कुमार काठमाडौं आएका थिए। उनलाई बिजमाण्डूको प्रश्न थियो- नेपाल आएर यस्तो सम्मेलन गर्नुका पछाडी कम्पनीले देखेको भावी बिजनेश के हो?

हामीले नेपालमा समेत पहिलो पटक 'युजर कन्फ्रेन्स' आयोजना गरेका हौं। इएसआरईका लागि ग्राहकको प्रतिकृया अन्यन्त महत्वपुर्ण हुन्छ। हामी विश्वभरनै यस्तो कन्फ्रेन्स आयोजना गर्छौं। गत जनवरीमा भारतमा आयोजना गरेको कन्फ्रेन्समा करिब १२ सय सहभागी थिए।
अर्कोतिर राज्यप्रति जनताको अपेक्षाको ग्राफ पनि उकालो लागि रहेको छ। शिक्षा, स्वास्थ्य, जीवन स्तर लगायत हर क्षेत्रमा राज्यको भूमीका थप प्रभावकारी होस् भन्ने आम नागरिकको चाहना छ। यस्तो बदलिँदो परिप्रेक्षमा भौगोलिक तथ्याङ्क र जानकारी सँगालेर अघि बढ्न सरकार एवं सरोकारवाला सबैलाई अझ सजिलो हुन्छ। त्यसका लागि हाम्रो प्रविधीले ठूलो सघाउ पुर्याउँछ।

जिआइएसको प्रयोगबाट जमिन र जमिनजन्य स्रोत साधनको व्यवस्थापनमा नेपाललाई धेरै सहजता प्राप्त भएको छ। तर, अझै पनि यो पर्याप्त छैन। जल, जंगल, जमिन एवं खनिज पदार्थको प्रयोग र व्यवस्थापनमा यसलाई अझ प्रभावकारी ढंगले उपयोग गर्न सकिन्छ। त्यस बाहेक पानी, बिजुली, एवं दूर सञ्चारको विस्तारमा जिआइएसलाई प्रयोग गर्न सकिन्छ।
उदाहरणको लागि पावर हाउस, ट्रान्समिसन लाइन, ट्रान्सफरमर देखि सब स्टेसनसम्मलाई जिआइएस सिष्टममा म्यापिङ गर्न सकियो भने त्यसको मेन्टिनेन्स लगायतका काम धेरै सहज हुनेछन्। एक पटक जिआइएस सिष्टममा राखि सकेपछि त्यसले सधैं काम गर्छ। यसले नेटवर्किङलाई पनि सजिलो पार्छ र खर्च कटौतीमा पनि सघाउ पुर्याउँछ। खानेपानी एवं दूरसञ्चार प्रणाली व्यवस्थापनमा पनि यहि फर्मुला लागु हुन्छ। त्यस बाहेक नेपालका म्यानिफ्याक्चरिङ कम्पनी देखि अन्य धेरै क्षेत्रमा जिआइएसको संभावना रहेको छ।
यस मध्ये दोस्रो विकल्पलाई प्राथिमकता दिनु पर्छ। जस्तो भूकम्प आउन लाग्दा त्यसको केही सेकेन्ड अगाडी मात्रै भए पनि मोवाइल एप मार्फत सूचना दिन सक्ने प्रविधिले मानिसको ज्यानै बचाउन पनि महत्वपुर्ण सहयोग गर्छ। जिआइएसमा यो प्रविधी सम्भव छ। क्यालिफर्नियामा यसलाई सफलतापूर्वक प्रयोग गरि सकिएको छ र नेपाल पनि यो प्रविधि विकासका लागि हामी सरकारसँगको समन्वयमा छौँ।
कहाँ कहाँ क्षति पुगेको छ भन्ने यथार्थ आंकलन गर्न सकिएमा कति मान्छेलाई खाना पुर्याउनु पर्छ या कतिलाई उद्धार गर्नु पर्छ भनेर योजना बनाउन सजिलो हुन्छ। दुई बर्ष अघि नेपालमा भूकम्प जाँदा हाम्रो कम्पनीले धेरै संस्थालाई तथ्याङ्क उपलब्ध गराउने मौका पाएको थियो। हाम्रो तथ्याङ्को आधारमा इसिमोड समस्या व्यवस्थापनका लागि सरकारी निकायसँग समन्वय गर्न सफल भएको थियो।