काठमाडौं।नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नायब प्रमुख कार्यकारी अधिकृतमा बन्दना पाठक नियुक्त गरेको छ।बैंकले उनलार्इ पुस १५ गतेदेखि लागु हुनेगरी पाठकलार्इ नियुक्त गरेको हो।
पाठकले नेपाल बंगलादेश बैंकबाट क्यारियर सुरु गरेकी हुन्।अर्थशास्त्र प्रथम श्रेणीमा स्नातकोत्तर गरेकी पाठकले १० वर्षदेखि एनसीसी बैंकमा नायब प्रवन्धकमा प्रवेश गरेकी हुन्।
सहायक पदबाट बैंकिङ सेवा सुरु गरेकी पाठक मुलुकको निजी क्षेत्रको वाणिज्य बैंकमा नायब प्रमुख कार्यकारी तहमा पुग्ने पहिलो महिला भएको बैंकको दाबी छ।