प्रभु मनि ट्रान्स्फर र आशा लघुवित्तबीच रेमिटेन्स संझौता, प्रभुबाट आएको पैसा आशाबाट भुक्तानी

बिजमाण्डू
२०७३ भदौ १७ गते ००:०० | Sep 2, 2016
काठमाडौं । प्रभु मनि ट्रान्स्फर प्रालि र आशा लघुवित्त वित्तिय सस्था लिमिटेडबीच रेमिटेन्स कारोबारको संझौता भएको छ । संझौता अनुसार आशा लघुवित्तले प्रभु मनि ट्रान्स्फरबाट आएको रेमिटेन्सको भुक्तानी दिनेछ । 
 
सम्झौतामा प्रभु मनि ट्रान्स्फरका तर्फबाट बजार प्रवन्धक श्याम राज गौतम र आशा लघुवित्तका तर्फवाट प्रमुख कार्यकारी अधिकृत रमेश सिंह खड्काले हस्ताक्षर गरेका छन् । 
 
आशा लघुवित्तले नुवाकोट जिल्लाको मदानपुरमा प्रधान कार्यालय स्थापना गरेर यही साता कारोबार सुरु गरेको हो । अब छिट्टै प्रभु मनि ट्रान्स्फरको रेमिटेन्स सुविधा संचालन गर्ने प्रमुख कार्यकारी अधिकृत खड्काले जानाकारी गराए । 
 

Tata
GBIME
NLIC