काठमाडौं। टाटा मोटर्सको स्वामित्व भएको 'जागुअर ल्याण्ड रोभर' गाडिले स्वचालित सेल्फ ड्राइभिङ सुरु गरेको छ। बेलायतमा रहेको यो कम्पनीले रोडमा हुने सवै किसिमका ट्राफिक समस्यालाई समाधान गर्ने जनाएको छ।
कम्पनीले एक बक्तव्य जारी गर्दै आगामि बर्षहरुमा बेलायतमा यो कारले राम्रो ब्यापार गर्ने बताएको छ। टेक्नोलोजी फ्रेन्डली रहेको यो कार वातावरणमैत्री रहेको छ।
'हामीले निर्माण गरेको अटोमेटेड टेक्नोलोजीले ट्राफिक फ्लोलाई सहयोग गर्नेछ' कम्पनीका रिसर्च प्रमुख टोनी हार्परले भने 'यसले अव्यवस्थित भिडभाडमा राम्रोसंग हिड्ने र दुर्घटनावाट जोगाउने काम गर्दछ।'
सुरुमा यसको टस्ट भेहिकल देखि भेहिकल र भेहिकलदेखि कुनै किसिमका पूर्वाधारसंग सम्पर्कमा रहेनेछ जसका कारण यो कारले एकअर्कासंग सजिलैसंग कुरागर्न सक्छ र रोडमा भएका सिग्ननहरुका साथै ट्राफिक लाईटसंग राम्रो सम्पर्कमा रहन सक्छ।
'युके सिटि'को योजनाअन्तर्गत युकेलाई इन्टेलिजेन्ट ट्रान्सपोर्टको क्षेत्रमा वातावरणमैत्री योजनाका रुपमा हेरिएको छ। कम्पनीले अधिल्लो बर्ष नेक्स जेनेरेसन भेहिकल टेक्नोलोजी प्रयोग गरेर युकेसिटीलाई ड्राइभरलेस बनाउने योजना बनाएको थियो।
यो प्रविधिले लिभिङ ल्यावरोटोरी को कन्सेप्ट विकास हुने र सिएभी टेक्नोलोजीले रोडमा ६६ किमी प्रतिघण्टा हिड्ने र यसले विश्वमा रियल वल्ड ड्राइभिङलाई नयाँ रुप दिने बताइएको छ।
कम्मनीले यो अटोनोमस कारको सहायताले रोडको सुरक्षामा धेरै सहयोगको पुग्ने र ड्राइभिङ एक्सपेरियन्सलाई भिन्न बनाउने दाबी गरेको छ। यसमा चड्दा यात्रुहरुले आफैले चलाएको जस्त अनुभुति प्राप्त गर्ने कम्पनीले जनाएको छ।
यसमा प्रयोग भएको उच्चस्तरिय प्रविधिका कारण धेरै स्पिड भएका गुडिरहेका सवारी साधनहरुसंग कम्युनिकेसन गर्ने र तिनिहरुविच इन्फरमेसन आदानप्रदानको कामसमेत गर्ने जनाइएको छ।