पालिकास्तरीय पर्यटन रणनीति तर्जुमा गर्न कार्यशाला, मधेशका २० पालिकाका कर्मचारीलाई तालिम

बिजमाण्डू
२०८० मंसिर २५ गते १६:५१ | Dec 11, 2023
पालिकास्तरीय पर्यटन रणनीति तर्जुमा गर्न कार्यशाला, मधेशका २० पालिकाका कर्मचारीलाई तालिम
पर्यटन रणनीति तर्जुमासम्बन्धी कार्यशालाका सहभागीहरु


काठमाडौं। नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा जनकपुरमा पर्यटन रणनीति तर्जुमासम्बन्धी कार्यशाला गरेको छ।

Tata
GBIME
NLIC

बोर्डले स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न भन्दै कार्यशाला गरेको हो। कार्यशालामा पर्यटकीय गन्तव्यको ब्रान्डिङ रणनिति, बजारीकरण लगायत विषयमा पालिकाका कर्मचारीलाई तालीम दिइएको बोर्डका निमित्त प्रबन्धक धर्म दवाडीले बताए।

कार्यशालामा पर्साको ठोरी गाउँपालिका, सप्तरीको तिरहुत गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र मिथिला नगरपालिका, सर्लाहीको चन्द्रनगर गाउँपालिका लगायत मधेश प्रदेशका २० वटा पालिकाका पर्यटन र योजना शाखाका कर्मचारी सहभागी थिए।