स्काइवेलको १४ सिटे इलेक्ट्रिक मिनिबस नेपाल भित्र्याइँदै, मूल्य ५८ लाख ३० हजार

बिजमाण्डू
२०८० मंसिर २४ गते १६:४५ | Dec 10, 2023
स्काइवेलको १४ सिटे इलेक्ट्रिक मिनिबस नेपाल भित्र्याइँदै, मूल्य ५८ लाख ३० हजार


काठमाडौं। स्काइवेलको विद्युतीय मिनिबस पूजा कन्ट्रक्सनले नेपाली बजारमा ल्याउने भएको छ। विशाल ग्रुपको भगिनी संस्था पूजा कन्ट्रक्सनले १४ सिट क्षमताको चिनियाँ गाडी आयात गर्न लागेको हो।

Tata
GBIME
NLIC

स्काइवेल इभी मिनिबसको मूल्य ५८ लाख ३० हजार रुपैयाँ राखिएको छ। कम्पनीका अनुसार यो इलेक्ट्रिक मिनिबसमा ५०.२३ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छ।

यसमा भएको उक्त ब्याट्रीले १८० किलोमिटर रेन्ज प्रदान गर्छ। यसमा भएको ब्याट्रीलाई फाष्ट चार्जरले १ घन्टा ३० मिनेटमा २० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ।

यो मिनिबस रियर ह्वील ड्राइभमा आउनेछ। यसमा म्याक्स पावर २१८.८९ पीएसको छ। यसको ग्राउन्ड क्लियरेन्स १७० एमएमको छ। साथै ह्वीलबेस ३ हजार ५९० एमएम र यसको लम्बाई ७.२४५ मिटर छ।

स्काइवेलको प्यासेन्जर सवारीको नेपाली बिक्रेता जी मोटर्स हो। नाडा अटो शोमा फोटो राखेर बुकिङ लिएको कम्पनीले अहिलेसम्म नेपाली बजारमा गाडी ल्याउन सकेको छैन।