हवाई अडिटका लागि प्राधिकरणको टोली निगममा जाँदै, कर्मचारीले आज पनि गर्लान् त व्यवधान?

बिजमाण्डू
२०८० मंसिर २१ गते १२:४५ | Dec 7, 2023
हवाई अडिटका लागि प्राधिकरणको टोली निगममा जाँदै, कर्मचारीले आज पनि गर्लान् त व्यवधान?


काठमाडौं। हवाई अडिटका लागि नेपाल नगरिक उड्‍डयन प्राधिकरणको टोली आज अपराह्‍न नेपाल वायु सेवा निगम जाने भएको छ।

Tata
GBIME
NLIC

निगमका कर्मचारीले काम रोकेर प्रदर्शन गरेपछि बुधबार अडिट स्थगित गर्नुपरेको थियो। निगममा पुगेका प्राधिकरणका कर्मचारी कामै नगरी फर्किएका थिए।

ग्राउण्ड ह्‍याण्डलिङ खोस्‍ने प्राधिकरणको निर्णयपछि निगमका कर्मचारी आफ्नो जिम्मेवारी बिर्सिएर अराजकरुपमा प्रस्तुत भएका हुन्। नियामक निकायलाई काम गर्न बाधा पुर्‍याएकामा कर्मचारी आलोचित भएका थिए।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राधिकरणको टोली अडिटका लागि केहीबेरमा निगममा जाने जानकारी दिए। ‘बुधबार जसरी बाधा व्यवधान झेल्नु नपर्ने हाम्रो विश्‍वास छ,’ उनले भने।

युरोपियन युनियनले निगमले उडान सुरक्षामा लापर्बाही गर्दै आएको प्रतिवेदन सार्वजनिक गरेपछि प्राधिकरणले हवाई अडिट गर्न लागेको हो।

निगमबाहेक अन्य वायु सेवा प्रदायक कम्पनीको पनि अडिट गर्ने प्राधिकरणको तयारी छ।