सुन तोलामा २ हजार ४ सय घट्यो‚ उच्च मूल्यमा पुगेर बढ्न ब्रेक लागेको हो?

बिजमाण्डू
२०८० मंसिर १९ गते ११:४६ | Dec 5, 2023
सुन तोलामा २ हजार ४ सय घट्यो‚ उच्च मूल्यमा पुगेर बढ्न ब्रेक लागेको हो?


काठमाडौं। हालसम्मकै उच्च मूल्यमा पुगेको सुनचाँदीको कारोबार मूल्यमा मंगलबार  गिरावट छ। सुन अघिल्लो दिनका तुलनामा तोलामा २ हजार ४ सय र चाँदीमा ४५ रुपैयाँ घटेको छ।

Tata
GBIME
NLIC

मंगलबार सुनको कारोबार मूल्य १ लाख १९ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार प्रति तोला १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो। गत शुक्रबार तोलाको १ लाख १९ हजार र आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजार कारोबारमा सुनचाँदीको मूल्य घटेकाले नेपालमा पनि घटेर मूल्य निर्धारण भएको महासंघले जनाएको छ। उच्च मूल्यमा पुगेको सुनको भाउ अब भने विस्तारै घट्न सक्ने अनुमान व्यवसायीको छ। 

चाँदी मंगलबार तोलाको १५ सय रुपैयाँ भएको छ। आइतबार र सोमबार तोलाको १५ सय ४५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रति औंस २०७२.१३ डलर पुगेको सुन अझ बढेर सोमबार २०८९.१ डलर पुगेको थियो। मंगलबार घटेर प्रति औंस २०३२.८४ डलरले कारोबार भइरहेको छ।  

चाँदी आइतबार प्रति औंस २५.४७ डलर थियो। दुई दिन घटेको छ। सोमबार २५.५ डलरमा आएको चाँदी मंगलबार अझ घटेर प्रति औंस २४.५२ डलरले कारोबार भइरहेको छ।