काठमाडौ । वल्र्डलिंक फाइनान्सियल सर्भिसेज र सिटिजन्स बैंक इन्टरनेशनलबीच रेमिटयान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा वल्र्डलिंकका प्रबन्ध निर्देशक रितश मित्तल र सिटिजन्सका प्रमुख सञ्चालक अधिकृत गणेशराज पोख्रेलले हस्ताक्षेर गरेका थिए । सम्झौतापछि विदेशमा रहेका नेपालीले वल्र्डलिंक मनी ट्रान्सफरमार्फत पठाएको रकम सिटिजन्स बैंकका देशभरका ३३ शाखाबाट भुक्तानी लिन सक्ने छन् ।
