पर्यटकीय सिजनसँगै लुक्लामा सुरु भयो फ्लाइट मुभमेन्ट, आइतबार एकै दिन १५८ उडान-अवतरण

बिजमाण्डू
२०८० असोज १५ गते १४:२७ | Oct 2, 2023
पर्यटकीय सिजनसँगै लुक्लामा सुरु भयो फ्लाइट मुभमेन्ट, आइतबार एकै दिन १५८ उडान-अवतरण


काठमाडौं। लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाईजहाज र हेलिकोप्टर उडान पुनः सुरु भएको छ। आइतबारबाट काठमाडौं, फाप्लु, रामेछापबाट नियमित उडान सुरु भएसँगै एकैदिन १५८ वटा उडान-अवतरण भएको विमानस्थल प्रमुख उमेशकुमार पन्थीले बताएका छन्।

Tata
GBIME
NLIC

तेन्जिङ हिलारी विमानस्थलबाट रामेछापतर्फ समिटको १४, तारा १२ र सिताका ६ वटा गरी ३२ वटा उडान भएको उनले जानकारी दिए। यसैगरी फाप्लुतर्फ ताराको २, काठमाडौंतर्फ सिताका ३ र समिटको एउटा गरी कुल ३८ वटा उडान भएको छ।

उनका अनुसार हेलिकोप्टरतर्फ आइतबार ३९ वटा उडान भएको छ। पर्यटक आवागमन विस्तारै बढ्ने देखिएको छ।

‘हिजोबाट रामेछापमा पनि नाइट स्टप गरेर विभिन्न वायुसेवा कम्पनीले नियमित उडान गरिरहेका छन्। पर्यटकीय विशेष सिजन सुरु भएसँगै फ्लाइट मुभमेन्ट सुरु भएको हो‚’ विमानस्थल प्रमुख पन्थीले भने,’लुक्लातर्फको मौसम यतिखेर अनुकूल नै छ।’