सडक सुरक्षा सचेतनामा रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड २०२३‚’ सहभागी भए ४४ राइडर्स

बिजमाण्डू
२०८० असोज १४ गते १४:१९ | Oct 1, 2023
सडक सुरक्षा सचेतनामा रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड २०२३‚’ सहभागी भए ४४ राइडर्स


काठमाडौं। रोयल इनफिल्ड ब्रान्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले विश्व पर्यटन दिवसको अवसर पारेर हन्टर हेरिटेज राइड २०२३ कार्यक्रम गरेको छ। यस राइडमा ४४ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भए।

Tata
GBIME
NLIC

यात्राको मुख्य उद्देश्य सडक सुरक्षा सचेतना‚ सवारी नियम मानेर चलाउने संस्कार प्रवर्धन र विक्कव सम्पदा क्षेत्रको प्रवर्द्धन गर्नु थियो।

शनिबार बिहान ७ बजे रोयल इनफिल्डको शोरूम टेकुबाट सुरु भएको उक्त राइड त्रिपुरेश्वर‚ कंलकी, स्वयम्भू,  भगवानपाऊदेखि छाउनी, भीमसेनथान, वसन्तपुर, दरबारमार्ग, घण्टाघर, शहिटगेट, त्रिपुरेश्वर, कुपोन्डोल, पाटनढोका, पिम्बहाल, मंगलबजार, बालकुमारी, कोटेश्वर, पेप्सीकोला, सानो ठिमी, हुँदै भक्तपुर दरबार स्क्वायरसम्मको थियो।