सुरक्षा माग्दै स्वास्थ्यकर्मी सडकमै

रोजन श्रेष्ठ
२०८० असोज १३ गते १५:०४ | Sep 30, 2023
सुरक्षा माग्दै स्वास्थ्यकर्मी सडकमै


काठमाडौं। चिकित्सकहरु सुरक्षा माग्दै आन्दोलित भएपछि सरकारले वार्तामार्फत समस्या समधान भएको जनाएको थियो। स्वास्थ्यकर्मीलाई हातपात र दुर्व्यवहार गर्नेविरुद्ध मुद्दा चलाउने प्रक्रिया नै सुरु भयो। तर‚ स्वास्थ्यकर्मी फेरि पनि सडकमै छन्। उनीहरुले शनिबार पनि राजधानीमा प्रदर्शन गरेका छन्।

Tata
GBIME
NLIC

हेटौंडा‚ पाेखरा र लमजुङमा डाक्टरहरुमाथि हातपात भएपछि स्वास्थ्य क्षेत्र आन्दोलित भएको हो। स्वास्थ्यकर्मीले भयरहित वातावरणमा काम गर्न पाउनुपर्ने माग गरेका छन्।