भियतनाम घुम्न जान चाहनेका लागि चार्टर्ड उडानसहितको प्याकेज, मूल्य १ लाख २० हजार

बिजमाण्डू
२०८० असोज १२ गते १९:१६ | Sep 29, 2023
भियतनाम घुम्न जान चाहनेका लागि चार्टर्ड उडानसहितको प्याकेज, मूल्य १ लाख २० हजार


काठमाडौं। दुईतर्फी पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रुप्से होलिडेजले काठमाडौं-भियतनाम सिधा चार्टर्ड उडान गर्ने भएको छ। दुवै मुलुकका पर्यटकको मागलाई लक्षित गरी सिधा चार्टर्ड उडान गर्न लागेको रुप्से होलिडेजका सञ्चालक रमेश पराजुलीले बताए।

Tata
GBIME
NLIC

‘भियतनामीलाई नेपाल र नेपालीलाई भियतनाम घुमघामका लागि सहज होस् भनेर चार्टर्ड उडान गर्न लागेका हौं’, रुप्से होलिडेजका सीईओ पराजुलीले भने। अहिले काठमाडौं-भियतनाम दुईतर्फी सिधा उडान छैन।

पराजुलीका अनुसार अक्टोबरमा तीन वटा चार्टर्ड उडान गरिनेछ। कम्पनीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत चार्टर्ड गर्ने योजना बनाएको छ। यसका लागि कम्पनीले निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्ससँग सहकार्य गर्ने छ।

नेपाल-भियतनाम भ्रमण प्याकेज १ लाख २० हजारको

रुप्से होलिडेजले चार्टर्ड उडानमा भियतनाम जान चाहनेहरुका लागि १ लाख २० हजार रुपैयाँकव प्याकेज बनाएको छ। यो प्याकेजअन्तर्गत नेपाली पर्यटकले भियतनामको हानोइ, हालोङ बे र निन विन घुमघाम गर्न पाउनेछन्। चार दिन पाँच रातको प्याकेजमा पर्यटकले तीन तारे होटलमा बसोबाससँगै ब्रेकफास्ट पाउनेछन्।