आइएमई-पेबाट अब सजिलै एसआइपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सकिने

बिजमाण्डू
२०८० असोज १२ गते १२:५३ | Sep 29, 2023
आइएमई-पेबाट अब सजिलै एसआइपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सकिने


काठमाडौं। आइएमई-पेमार्फत सेवाग्राहीहरुले अब सजिलै आफ्नो सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान (एसआइपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन्। एसआइपी भुक्तानी सेवा प्रदान गर्न आइएमई-पेले एनआइसी एसिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको छ।

Tata
GBIME
NLIC

सो सम्झौताअन्तर्गत अब आइएमई-पेका सेवाग्राहीहरुले एनआइसी एसिया क्यापिटलको एनआइसी एसिया डायनामिक डेट फन्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआइपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी सहजै गर्न सक्ने कम्पनीले जनाएको छ।

पछिल्लो केही समययता पुँजी बजारमा एसआइपी लोकप्रिय बन्दै गएको छ। त्यसकारण पनि यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई-पेले आफ्ना सेवाग्राहीहरुको लागि यो सेवा सञ्‍चालन गरेको आइएमई-पेका सीईओ प्रवीण रेग्मीले बताए।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई-पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो।