एनआइसी एसिया बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

बिजमाण्डू
२०८० असोज ४ गते ११:२५ | Sep 21, 2023
एनआइसी एसिया बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति?


काठमाडौं। एनआइसी एसिया बैंक लिमिटेडले ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। संस्थापक समूहको सेयर बोलकबोलमार्फत बिक्री गर्ने भएको हो।

Tata
GBIME
NLIC

उक्त सेयर खरिरद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी वा योग्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले बिहीबारदेखि एक साताभित्र बोलकबोलका लागि आवेदन दिन सक्नेछन्।

बोलपत्र आवेदन बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाटमा पुग्ने गरि पेस गर्नुपर्ने छ।

बैंकले सेयरको न्यूनतम मूल्य प्रति कित्ता ३६० रुपैयाँ तोकेको छ। लगानीकर्ताले बोलपत्र आवेदन पेस गर्दा सो मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी पेस गर्नुपर्ने उल्लेख छ।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता तथा अधिकतम १० ले भाग जाने संख्या वा सम्पूर्ण कित्ताका लागि पेस गर्न सकिने बैंकले जनाएको छ।