यि हुन् अर्थमन्त्रीले देखेका मुलुकको अर्थतन्त्रका सबल र दुर्बल पक्ष, चुनौतीका चाङ धेरै

बिजमाण्डू
२०७२ असार २९ गते ००:०० | Jul 14, 2015

काठमाडौँ । अर्थमन्त्री डा रामशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै कैयन चुनौतीकाबीच नेपालको अर्थतन्त्रमा केहि आशलाग्दा सबल पक्ष रहेको उल्लेख गरेका छन् । अर्थमन्त्रीले देखेका नेपालको अर्थतन्त्रको सबल पक्ष

Tata
GBIME
NLIC
  • कुल गार्हस्थ उत्पादनमा राजश्व अनुपात उत्साहजनक ढंगले बढेको छ । २५ बर्ष अघि जिडिपीको १० प्रतिशत पनि राजश्व नउठ्ने गरेकोमा अहिले १८ प्रतिशत पुगेको छ ।
  • २५ बर्षमा नेपालीको औषत आयु १६ बर्षले बढेको छ ।
  • सहश्राब्धी विकास लक्षका अधिकांश उध्येश्य पुरा भएका छन् ।
  • अर्थतन्त्रमा गैरकृषि क्षेत्रको हिस्सा बढेर संरचनात्मक सुधार भएको छ ।

 
यि राम्रा पक्षकाबीच पनि अर्थतन्त्रका कैयन चुनौती रहेको अर्थमन्त्री महतले औँल्याएका छन् । उनका अनुसार नेपालको अर्थतन्त्रका प्रमुख चुनौती निम्न छन् ।

  • भूकम्प एवं बिभिन्न प्राकृतिक प्रकोपको कारण गरिबीको चपेटामा परेका जनताको जिवनस्तर सुदृढिकरण
  • उत्पादन, उपभोग लगायत अर्थतन्त्रका प्रमुख पक्षमा आएको शिथिलता चिर्ने
  • अनुत्पादक सार्वजनिक खर्च कटौती गरि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने
  • मुद्रास्पिती निरन्त्रणका लागि आपुर्ती व्यवस्थालाई चुस्त बनाउने
  • सरकारको खर्च गर्ने क्षमता सुधार एवं निर्माण व्यवसायीको कार्यक्षमता बृद्‍धि
  • मुआब्जा एवं जग्गाप्राप्तीमा देखिएका विद्यमान समस्या सुल्झाउन कानुनी व्यवस्था निर्माण
  • कमजोर क्षमताका सार्वजनिक संस्थानको व्यवस्थापन
  • वित्तिय क्षेत्रका नियामकहरको क्षमता विस्तार गरि सबल वित्तिय प्रणालीको विकास
  • आयात कटौती र निर्यात प्रबर्धन
  • स्थानिय निकाय रिक्त हुने सुनिश्चितता सहितको राजनीतिक प्रणाली विकास