मारुती सिमेन्ट प्रकरण: पक्राउ पुर्जी जारी गर्दा मौन, मिलापत्रपछि मात्रै बोल्यो संघ

बिजमाण्डू
२०८० असार २९ गते १९:३५ | Jul 14, 2023
मारुती सिमेन्ट प्रकरण: पक्राउ पुर्जी जारी गर्दा मौन, मिलापत्रपछि मात्रै बोल्यो संघ


काठमाडौं। नेपाल सिमेन्ट उत्पादक संघले अध्ययन अनुसन्धानविना मारुती सिमेन्टका संचालकलाई पक्राउ पुर्जी जारी भएकोमा गम्भीर आपत्ति जनाएको छ।

Tata
GBIME
NLIC

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिको घर बनाउँदा बनाउँदै भत्किएको विषयको अनुसन्धान नगरी उजुरीका आधारमा पक्राउ पुर्जी जारी गरिएको उल्लेख गरेको छ। घर भत्किएको विषय अनुसन्धान नै नगरी उजुरीको भरमा पक्राउ पुर्जी जारी भएको विषय विवादित बनेको थियो।

उद्योगीलाई अनावश्यक बार्गेनिङ गर्नकै लागि पक्राउ पुर्जी जारी भएको भन्ने विवाद बाहिर आउँदा पनि संघले आधिकारिक रुपमा केही बोलेको थिएन। राजविराज नगरपालिका घर भएका पत्रकार दिवाकर साहले निर्माणाधीन घर गुणस्तरहीन सिमेन्टका कारण भत्किएको भन्दै उजुरी दिएका थिए।

त्यो उजुरीका आधारमा उद्योगका संचालकसहित दुई दर्जनविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। यो प्रकरणमा बिजेनस डाइरेक्टर ज्योति शर्मा पक्राउ परेका थिए।

 यो प्रकरण पत्रकार साह र उद्योगबीच मिलापत्रमा टुंगिएको छ। विवाद मिलापत्रमा टुंगिएपछि संघको विज्ञप्ति आएको हो। संघले कुनै पनि पूर्वाधार निर्माणमा सिमेन्टको मात्रै भूमिका नहुने भन्दै अन्य निर्माण सामाग्रीको प्रयोग लगायतका विषय नहेरी एकतर्फी उद्योगीलाई निसाना बनाउने उद्देश्य राखिएको जिकिर समेत गरेको छ।