नेशनल हाइड्रोपावरले असार २९ गतेबाट हकप्रद बिक्री गर्दै, तीन आयोजनामा लगानी

बिजमाण्डू
२०८० असार ११ गते ०९:२४ | Jun 26, 2023
नेशनल हाइड्रोपावरले असार २९ गतेबाट हकप्रद बिक्री गर्दै, तीन आयोजनामा लगानी


काठमाडौं। नेशनल हाइड्रोपावर कम्पनीले असार २९ गतेबाट हकप्रद बिक्री गर्ने भएको छ। कम्पनीले १:०.५ को अनुपातमा हकप्रद बिक्री गर्दैछ।

Tata
GBIME
NLIC

कम्पनीका अनुसार ८२ लाख २१ हजार ४६० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो। १०० रुपैयाँको दरले ८२ करोड २१ लाखको हकप्रद बिक्री गर्दैछ। अहिले कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ छ।

सेयरधनीले प्रत्येक १० कित्ता बराबर पाँच कित्ताका लागि आवेदन दिन मिल्नेछ। अन्तिम दिन साउन १८ गतेसम्म तय गरेको छ। त्यसपछि चुक्ता पुँजी २ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ।

हकप्रदबाट प्राप्त हुने रकम कम्पनीले आफ्ना तीन प्रमुख आयोजनामा लगानी गर्ने जनाएको छ। १४.१५ मे वाको लोअर इर्खुवा हाइड्रोमा १२.२७ करोड, ४.५ मेवाको तल्लो इन्द्रावतीमा ५६.१७ करोड र ७.५ को इन्द्रावती तेस्रोमा १३.७७ करोड लगानी गर्ने उल्लेख छ।

कम्पनीले हकप्रदका लागि गत असार १ गते बुक क्लोज मिति तय गरेको थियो। जस अनुसार जेठ ३२ गतेसम्म कायम सेयरधनीले मात्रै हकप्रद किन्न पाउँछन्।