रिलायन्स फाइनान्सको चुक्ता पुँजी झन्डै ७ करोडले बढ्ने, एक अर्ब १२ करोड पुग्ने

बिजमाण्डू
२०८० असार १० गते १०:५८ | Jun 25, 2023
रिलायन्स फाइनान्सको चुक्ता पुँजी झन्डै ७ करोडले बढ्ने, एक अर्ब १२ करोड पुग्ने


काठमाडौं। रिलायन्स फाइनान्सले पनि चुक्ता पुँजी बढाउने भएको छ। फाइनान्सले ६ करोड ८४ लाख रुपैयाँले चुक्ता पुँजी बढाउने जनाएको छ।

Tata
GBIME
NLIC

सोहि अनुसार फाइनान्सले कायम चुक्ता पुँजी एक अर्ब ५ करोडको साढे ६ प्रतिशत बोनस सेयर दिँदैछ। बोनस पछि चुक्ता पुँजी एक अर्ब १२ करोड पुग्नेछ।

प्रस्वावित लभांश असार ३१ गते डाकेको साधारण सभाले पारित गर्नेछ। गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको हो।

यस बाहेक बोनस बापतको कर भुक्तानी गर्न ३६ लाख नगद पनि वितरण गर्दैछ। यो पनि सभाले अनुमोदन गर्नेछ। बाँकी नियमित झै प्रस्तावहरु छन्।  

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनलाई असार २० गते बुक क्लोज गर्ने जनाएको छ।