
काठमाडौं। रिजर्भ बैंक अफ इन्डिया (आरबीआइ) ले रिपो रेटलाई यथास्थिति मै छाड्ने भएको छ। मौद्रिक नीति समितिले रिपो रेट नचलाउने घोषणा गरेको हो।
अहिले आरबीआइको रिपो रेट ६.५ प्रतिशत कायम छ। सन् २०२२ मेदेखि केन्द्रिय बैंकले बारम्बार गरि २.५ प्रतिशत रिपो रेट बढाइसकेको छ। गत फेवरवरीमा छैटौं पटक बढाएर साढे ६ प्रतिशत पुगेको थियो।
आरबीआइका गभर्नर शक्तिकान्त दासले खुद्रा मुद्रास्फीतिलाई नियन्त्रण गर्न र आर्थिक वृद्धिदरलाई टेवा दिन सो कदम चालेको बताएका छन्। स्थायी निक्षेप सुविधा (एसडीएफ) को ब्याजदर पनि ६.२५ प्रतिशतमा कायम राखेको छ। त्यही बैंक रेट ६.७५ प्रतिशत राखिएको हो।
विकसित राष्ट्रहरूका केन्द्रीय बैंकले चलाएको कदमलाई पछ्याउँदै आरबीआइले पनि नीतिगत दर नबढाउने घोषणा गरेको हो। विशेषगरी युएस फेडरल रिजर्भले आफ्नो नीतिगत दर घटाउन थालिसकेको छ।
समितिले चालु आर्थिक भारतको आर्थिक वृद्धिदर साढे ६ प्रतिशत हुने अनुमान गरेको छ।