
काठमाडौं। करिब दुई साताअघि काठमाडौं-बैंग्लोर उडान क्रममा चार ठोकिएर ग्राउण्डेड गरिएको नेपाल वायुसेवा निगमको जहाज मर्मतका लागि पठाइएको छ।
इन्जिनको ब्लेडमा समस्या आएको निगमको ९ एन-एकेडब्लु कलसाइनको जहाज निगम भित्रैका प्राविधिक टोलीले मर्मत गर्न नसकेपछि बैंग्लोर पठाइएको हो।
यो जहाज चार दिनभित्र रिलिज हुने निगमले जनाएको छ। ‘जहाजको चारवटा ब्लेडमा समस्या आएको छ। चरा ठोकिएको जहाजको ब्लेड फेरिएको थियो। केही दिनमै रिलिज भएपनि भाइब्रेशन आएका कारण उता पठाइएको हो,’ निगमका एक अधिकारीले भने।
कुल ४ मध्ये एउटा जहाज नहुँदा निगमको उडान समयमा हुन नसकेको उनले जानकारी दिए। एउटा जहाज नहुँदा उडान रद्द नभएपनि ढिलाई भने ६ घण्टासम्म भइरहेको ती अधिकारीले बताए।