बुटवल । कैलाश विकास बैंक बुटवल शाखाले रक्तसंचार सेवा केन्द्र बुटवललाई रक्तदानका आवश्यक बेड हस्तान्तरण गरेको छ।
हस्तान्तरण कार्यक्रममा बैंकका शाखा प्रबन्धक ज्ञानेन्द्र गिरीले वित्तिय सेवा सगंसगै समाजिक र मानविय सेवाका कार्यमा समेत बैंक लागेको बताए। रक्तदान कार्यक्रम गर्दा बेड अभावमा अब कुनै पनि कार्यक्रम प्रभावित नहुने र रक्तदातालाई सहयोग हुने अपेक्षा गरेको गिरीले बताए।
प्रधान कार्यालय पुतलीसडक काठमाण्डौमा रहेको बैंकले देशभरिका कुल २३ वटा शाखा रहेका छन्।