
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले एलओआइ पाएका सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई दुई महिना भित्र लाइसेन्स वितरण गर्ने बताएका छन्।
बोर्डको ३१औं वार्षिकोत्सव समारोहमा बोल्दै हमालले सो कुरा बताएका हुन्।
‘दुई महिना भित्र सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएर ब्रोकर संख्या ९३ पुर्याउँदै छौं। आगामी आर्थिक वर्ष भित्र कमोडीटी एक्सचेन्ज संचालन गर्ने हाम्रो योजना छ। लगानीकर्ताहरुको क्षमता र चेतना बढाउन क्यापिटल मार्केट इन्चिच्युट पनि बनाउने छौं,’ हमालले भने।
यस्तै, हमालले प्राथमिक सेयर निष्कासन (आइपीओ) लाई ४५ दिनभित्रै स्वीकृत हुने वातावरण निर्माण गर्ने बताएका छन्।
‘बोर्डका सम्पूर्ण कामहरुलाई विद्युतीय तथा स्वचालित बनाएर आइपीओको आवेदन ४५ दिनभित्र स्वीकृत गर्ने दिने वातावरण बनाउछौं,’ हमालले भने, ‘हाम्रा सबै कामहरु अब पेपरलेस बनाउँदै लग्ने हो।’