
काठमाडौं। अफ- रोडको लागि पर्फेक्ट मानिएको मारुती सुजुकीले भारतीय बजारमा फाइभ डोर ‘जिम्नी’ फोर ह्विल ड्राइभमा सार्वजनिक गरेको छ। बुधबार कम्पनीले उक्त गाडीको जेटा र अल्फा गरी २ भेरिएन्टमा लन्च गरेको हो। यसअघि यसको थ्री डोर मोडलमा उपलब्ध थियो।
जिम्नीमा कम्पनीले १४६२ सीसी इन्जिन जडान गरेको छ। इन्जिनले १०४.८ पीएस पावर र १३४.२ न्युटन मिटरको टर्क उत्पादन गर्छ। यसमा ४० लिटर क्षमताको पेट्रोल ट्यांकी छ। साथै यसमा फाइभ स्पिड म्यानुअल र फोर स्पिड अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ।
जिम्नीमा सेफ्टीका लागि फ्रन्ट एयरब्याग, साइड कर्टेन एयरब्याग, लिमिटेड स्लिप डिफरेंन्सियल, एबीएस, ईबीडी, ईएसपी, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, ब्रेक असिस्ट फङसन, रियरभ्यु क्यामेरा, साइड इम्प्याक्ट डोर बिम, सिट बेल्ट रिमाइन्टर, आइसोफिक्स चाइल्ड एन्करेज र इन्जिन इमोबिलाइजर जस्ता फिचर दिइएको छ।
नयाँ जिम्नीको लम्बाई ३९८५ एमएम, चौडाइ १६४५ एमएम, उचाइ १७२०, ह्विलबेस २५९० एमएम र ग्राउन्ड क्लियरेन्स २१० एमएम छ। जिम्नीमा २०८ लिटरको बुट स्पेस प्रदान गरेको छ, जसलाई पछाडिको सिट फोल्ड गरेर बढाउन सकिन्छ।

कम्पनीले जिम्नीको म्यानुअल जेटा भेरिएन्टको मूल्य भारु १२ लाख ७५ हजार तोकेको छ। यस्तै, यसको टप भेरिएन्ट अल्फाको म्यानुअल भेरिएन्टको मूल्य भारु १३ लाख ६९ हजार र अटोमेटिक ट्रान्समिशनको मूल्य भारु १४ लाख ८९ हजार राखेको छ।
जिम्नीमा हार्ड टप, क्ल्यामसेल बोनट, अटो हेडल्याम्प, हेडल्याम्प वासर, एलईडी हेडल्याम्प, फगल्याम्प, रियर वाइपर, पुस बटन स्टार्ट-स्टप, क्रुज कन्ट्रोल, क्लाइमेट कन्ट्रोल, पावर विन्डोज, स्टेयरिङ माउन्टेड कन्ट्रोल, २२.८६ सेमी इन्फोटेनमेन्ट, टचस्क्रिन सिस्टम, एन्ड्रोइड अटो, एप्पल कार प्ले जस्ता फिचरहरू उपलब्ध छन्।
नेपालमा समेत केही युनिट ल्याएर यस गाडीलाई टेस्ट गरिएको छ। काइनेटिक पहेंलो रंगको जिम्नी नेपाली सडकमा केही दिन अगाडि टेष्ट गरिएको थियो।