कहिलेसम्म कायम सेयरधनीले नेशनल हाइड्रोपावरको हकप्रद खरिद गर्न पाउँछन्?

बिजमाण्डू
२०८० जेठ २५ गते ०९:४८ | Jun 8, 2023
कहिलेसम्म कायम सेयरधनीले नेशनल हाइड्रोपावरको हकप्रद खरिद गर्न पाउँछन्?


काठमाडौं। नेशनल हाइड्रोपावरले हकप्रद निष्कासनको लागि बुक क्लोज गर्ने भएको छ। असार १ गते कम्पनीले बुक क्लोज  गर्ने सूचना प्रकाशन गरेको हो।

Tata
GBIME
NLIC

यसअनुसार जेठ ३२ गतेसम्म कायम सेयरधनी मात्रै कम्पनीको हकप्रद खरिद गर्न योग्य हुनेछन्।

कम्पनीले ५० प्रतिशत हकप्रद जारी गर्दैछ। प्रत्येक एक कित्ता बराबर ०.५ कित्ता आवेदन पेश गर्न मिल्छ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ६४ करोड रुपैयाँ कायम छ। यसको ५० प्रतिशत हकप्रद जारी गर्दा चुक्ता पुँजी ८२ करोड २१ लाख रुपैयाँले बढ्ने कम्पनीले जनाएको छ।