
काठमाडौं। शनिवार दिउँसो काठमाडौ- बैग्लोर उडान गरेको नेपाल वायुसेवा निगमको जहाजमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुन: अवतरण गरेको छ।
त्रिभुवन विमानस्थलबाट उडेको २५ मिनेटमै एकाएक समस्या आएको थियो। जहाजमा १ सय ५६ जना यात्रु थिए। पाइलटले जहाजमा चरा ठोकिएको रिपोर्ट गरे लगत्तै उडान डाइभर्ट गरेको विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले बताए।
‘१५६ जना सवार जहाज सकुशल अवतरण भइसकेको छ। जहाजमा चरा ठोकिएको रिपोर्ट आएको छ,’ उनले भने, ‘हामी जहाजको निरीक्षण गर्दैछौं।’ जहाज त्रिभुवन विमानस्थलबाट १ बजेर ४५ मिनेट जाँदा उडेको थियो।