निर्माण सामग्री कारोबारी चितवनको विशेष एण्ड कम्पनीको व्यापार करिब ७ अर्ब

बिजमाण्डू
२०८० जेठ १० गते १४:४६ | May 24, 2023
निर्माण सामग्री कारोबारी चितवनको विशेष एण्ड कम्पनीको व्यापार करिब ७ अर्ब


काठमाडौं। निर्माण सामग्री बिक्री गर्ने ट्रेडिङ कम्पनी विशेष एण्ड कम्पनी प्रालिको व्यापारमा चमक देखिएको छ। सन् २०२१/२२ मा कम्पनीले करिब ७ अर्ब रुपैयाँको व्यापार गरेको छ।

Tata
GBIME
NLIC

२०२०/२१ मा ४ अर्ब ८१ करोड रुपैयाँको कारोबार गरेकोमा २०२१/२२ मा बढेर ६ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। २०१९/२० मा व्यापार १ अर्ब २ करोड रुपैयाँ थियो।

चितवनमा कार्यालय रहेको कम्पनीले डन्डी, सिमेन्ट, हार्डवेयर लगायतका निर्माण सामग्री बिक्री गर्छ। विभिन्न उत्पादक तथा सप्लायरबाट निर्माण सामग्री किनेर कम्पनीले आफ्नो च्यानलमार्फत रिटेल बजारमा बेच्छ।

कम्पनीले ६६ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। ६ करोड ३८ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले एनपी डबल बी प्लस र ५९ करोड ६१ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर प्लस रेटिङ पाएको छ।

कम्पनीको प्रबन्ध निर्देशक प्रतिज्ञा रेग्मी छिन् भने आफ्नो पारिवारिक सदस्य उत्सव श्रेष्ठले व्यवस्थापनमा सघाइरहेका छन्।