
विराटनगर। उद्योग संगठन मोरङले राकेश सुरानाका अध्यक्षतामा १४ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको छ।
संगठनको ५० औँ साधारण सभाले पूर्व उपाध्यक्ष सुरानाका अध्यक्षतामा २ वर्षको कार्यकालका लागि कार्यसमितिको चयन गरेको हो।
संगठनको वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी चयन भए। त्यस्तै वित्तीय क्षेत्रको उपाध्यक्षमा राजकुमार गोल्छा, कृषि, ऊर्जा र जलस्रोत क्षेत्रको उपाध्यक्षमा भोलेश्वर दुलाल र रोजगारदाता तर्फको उपाध्यक्षमा विपिन काबरा चुनिए।
संगठनको कोषाध्यक्षमा सुबोध कोइराला निर्वाचित भए।
साधारण सभाले सन्तोषकुमार भगत, इन्द्र खत्री, सौरभ शारडा, सुरेन्द्रकुमार गोल्छा, पारस लुनियाँ, सृजन प्याकुरेल, दीपककुमार अग्रवाल र वीरेन्द्र राठीलाई सदस्यमा चयन गरेको छ।
विधानअनुसार उद्योग संगठनमा १७ सदस्यीय कार्यसमिति हुन्छ। बाँकी ३ सदस्य अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ।