
काठमाडौं । मंगलवार सुन तोलामा तीन सय रुपैयाँले बढेर कारोवार भएको छ । नेपाल सुन चाँदी व्यवसायी संघले मंगलवारको लागि छापावाला सुन प्रति तोलाको ६० हजार आठ सय रुपैया तोकेको छ ।
सोमवार सुन तोलामा दुई सय रुपैयाँ बढेर तोलाको ६० हजार पाँच सय रुपैयाँमा कारोवार भएको थियो । मंगलवार चाँदी तोलामा २० रुपैयाले बढेर प्रति तोलाको ११ सय ९० रुपैयाँमा कारोवार भएको छ । सोमवार चाँदी तोलाको ११ सय ७० रुपैयाँमा कारोवार भएको थियो ।