एनएचपीसी २ करोड २९ लाख घाटामा, ऋणमा ब्याज बढ्यो दुई गुणा, आम्दानी १९% घट्यो

बिजमाण्डू
२०८० बैशाख १७ गते ११:४८ | Apr 30, 2023
एनएचपीसी २ करोड २९ लाख घाटामा, ऋणमा ब्याज बढ्यो दुई गुणा, आम्दानी १९% घट्यो


काठमाडौं। ब्याज खर्च दुई गुणा बढेपछि नेशनल हाइड्रोपावर (एनएचपीसी) नोक्सानीमा गएको छ। कम्पनीको विद्युत उत्पादनमा ह्रास आउँदा आम्दानी पनि साँघुरिएको हो।

Tata
GBIME
NLIC

पोहोर चैतमा ३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको एनएचपीसी अहिले २ करोड २९ लाख रुपैयाँ घाटामा छ।  

हाइड्रोले चालु आर्थिक वर्षको ९ महिनामा २ करोड ९१ लाख रुपैयाँको विद्युत बिक्री गरेको छ। गत आवको यही अवधिमा ३ करोड ६१ लाख रुपैयाँको बेचेको थियो। विद्युत बिक्रीमा १९.३९ प्रतिशतको गिरावट देखिएको हो। 

बिक्री लागत पनि बढेर एक करोडबाट एक करोड ९१ लाख रुपैयाँ नाघेको छ। ब्याजदर वृद्धिका कारण हाइड्रोको वित्त खर्च शत प्रतिशत बढेको छ। कम्पनीले यसमा एक करोड १२ लाख रुपैयाँ भुक्तानी गरेको छ। पोहोर चैतमा खर्च ५० लाख रुपैयाँ मात्रै थियो। कम्पनीको कर्जा २४ करोड १६ लाख रुपैयाँभन्दा माथिको छ।

नाफा साँघुरिएपछि प्रति सेयर आम्दानी पनि खुम्चिएर १.५९ रुपैयाँ ऋणात्मक छ। प्रति सेयर नेटवर्थ १००.४१ रुपैयाँ छ।