रावा इनर्जी डेभलपमेन्टले चैत २३ गतेबाट स्थानिय र वैदेशिक रोजगारमा गएकालाई सेयर बेच्दै

बिजमाण्डू
२०७९ चैत्र १५ गते ०९:०३ | Mar 29, 2023
रावा इनर्जी डेभलपमेन्टले चैत २३ गतेबाट स्थानिय र वैदेशिक रोजगारमा गएकालाई सेयर बेच्दै


काठमाडौं। रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित र वैदेशीक रोजगारीमा गएकाहरुलाई साधारण सेयर बिक्री गर्ने भएको छ।

Tata
GBIME
NLIC

आयोजना प्रभावित बासिन्दाहरुलाई २ लाख ८० हजार कित्ता दिइने कम्पनीले जनाएको छ। त्यस्तै वैदेशिक रोजगारीमा गएकाहरुलाई ५६ हजार कित्ता छुट्याएको छ।

चैत २३ गतेबाट आवेदन खुला हुँदैछ। छिटोमा बैशाख ७ गते बन्द हुनेछ। त्यसपछि पनि पर्याप्त आवेदन नआए स्थानियका लागि म्याद बढाएर बैशाख २२ गतेसम्म पर्‍याइने छ।

श्रमिकहरुले भने बैशाख ७ गतेसम्म आवेदन दिइ सक्नुपर्नेछ। उनीहरुलाई समय थपिने छैन।

न्यूनतम १० कित्ताका लागि आवदन पेश गर्नुपर्नेछ। अधिकतममा आयोजना प्रभावित बासिन्दाहरुले १० हजार कित्तासम्म आवेदन दिन सक्छन्। वैदेशिक रोजगारीमा गएकाले भने बढीमा २८ सय कित्ताका लागि मात्र आवेदन दिन पाउने छन्। 

कम्पनीले खोटाङ जिल्लामा माथिल्लो रावा खोला जलविद्युत आयोजना निर्माण गर्दैछ। आयोजनाको जडित क्षमता ३ मेगावटा हुने जनाएको छ।

परियोजनाको कुल लागत ६४ करोड ६५ लाख रुपैयाँ अनुमान गरिएको छ। प्रति मेगावाट लागत २१ करोड ५५ लाख रुपैयाँ रहेको छ।