
काठमाडौं। आइएमई मोटर्सले बिक्री गर्ने अशोक लेल्यान्डका गाडी खरिद गर्न नबिल बैंकले ऋण दिने भएको छ। बुधबार अशोक लेल्यान्ड गाडीको आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच ऋण उपलब्ध गराउने सम्झौता भएको छ।
सम्झौतापत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन्।
ग्राहकले सो अफर अन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
अशोक लेल्यान्ड ब्राण्डका सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ। नेपाल राष्ट्र बैंकको नीति निर्देशन अन्तर्गत रहेर कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने छ।