बजाज ग्रुपका निर्देशक निरजले किने भारतमा अहिलेसम्मकै महँगो लक्जरी फ्ल्याट

बिजमाण्डू
२०७९ चैत्र १ गते १२:२२ | Mar 15, 2023
बजाज ग्रुपका निर्देशक निरजले किने भारतमा अहिलेसम्मकै महँगो लक्जरी फ्ल्याट


काठमाडौं। भारतको व्यापारिक राजधानी मुम्बईमा अर्बपति व्यापारीहरुबीच लक्जरियस घर बनाउने र किन्ने होडबाजी नै छ। भारतीय अर्बपति मुकेश अम्बानीको मुम्बईस्थित २७ तले निवास विश्वकै महँगो घरको सूचीमा पनि परेको थियो।

Tata
GBIME
NLIC

यही प्रतिस्पर्धामा थपिएका छन् बजाज ग्रुपका निर्देशक निरज बजाज। उनले २५२ करोड भारुमा ट्रिपलेक्स फ्ल्याट किनेका छन्।

फ्ल्याट दक्षिण मुम्बईको वाल्केश्वर क्षेत्रमा निर्माणाधीन छ। यो ३ वटा फ्ल्याट १८ हजार स्क्वायर फिट क्षेत्रफलको छ। यसमा आठवटा कार पार्किङ स्लट छ। बजाज र म्याक्रोटेक डेभलपर्स (लोढा समूह) बीच सम्झौता भएको हो। यो भारतमा अहिलेसम्मको सबैभन्दा महँगो सम्झौता हो। गत महिना मात्रै उद्योगी बीके गोयन्काले किनेका थिए। गोयन्का वेलस्पन समूहका अध्यक्ष हुन्।

गोयन्काले त्यो पेन्टहाउस २४० करोडमा किनेका थिए।

तर, एक महिनापछि बजाज र लोढा समूहले मायानगरी मुम्बईमा ठूलो सम्झौता गरेका छन्। यो फ्ल्याटको मूल्य १.४ लाख रुपैयाँ प्रति वर्गफुट रहेको छ।

उद्योगपति बजाजले फ्ल्याटका लागि टोकन मनि दिएका छन् भने बाँकी रकम भवनले ओक्युपेशन सर्टिफिकेट (ओसी) पाएपछि दिने बताइएको छ।

सबैजना मार्चको अन्त्य अघि सम्झौतालाई अन्तिम रूप दिन व्यस्त छन्। अप्रिल महिनादेखि आयकर ऐनको दफा ५४ अन्तर्गत पुँजीगत लाभकर तिर्नुपर्छ। १० करोड रुपैयाँ भन्दा माथिको घरजग्गा किन्दा पुँजीगत लाभकर तिर्नुपर्छ।