
काठमाडौं। खुलामुखी कुमारी सुनौलो योजनाको निष्कासन चैत ९ गतेदेखि १३ गतेसम्म हुने भएको छ।
कुमारी बैंक कोष प्रवर्द्धक, कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सुनौलो लगानी योजना निष्कासन गर्न लागिएको हो।
प्रति इकाइ मूल्य १० रुपैयाँ तोकिएको छ। १० करोड इकाइ निष्कासन गरिने छ। यसमध्ये एक करोड ५० लाख इकाइ कुमारी बैंकलाई सुरक्षित गरिएको छ।
३ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा निष्कासन गरिने सर्तअनुसार प्रथम पटक ५ करोड इकाइ बिक्रीका लागि खुला गरिने छ। यसपछि निरन्तर खरिदबिक्रीका लागि खुला गरिने बताइएको छ।
कम्तिमा १० इकाइ र बढीमा ५० लाख इकाइआवेदन दिन सकिन्छ।