सुनचाँदीको कारोबार मूल्यमा गिरावट, सुन तोलामा ३०० र चाँदी १० रुपैयाँ घट्यो

बिजमाण्डू
२०७९ फागुन २३ गते ११:१६ | Mar 7, 2023
सुनचाँदीको कारोबार मूल्यमा गिरावट, सुन तोलामा ३०० र चाँदी १० रुपैयाँ घट्यो


काठमाडौं। सुनचाँदीको मूल्यमा सामान्य गिरावट छ। मंगलबार सुन तोलामा ३ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो।

Tata
GBIME
NLIC

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। आइतबार सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १२ सय ६५ रुपैयाँ कायम छ। आइतबार चाँदी तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १२ सय ७५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १८८७.८८ डलर र चाँदी प्रतिऔंस २१.०८ डलरमा कारोबार भइरहेको छ।