आइएमई पेमा बैंक लिंक भुक्तानी सुविधा, लिंक गर्दा १०० रुपैयाँसँगै अरु पनि अफर

बिजमाण्डू
२०७९ फागुन १४ गते १५:०५ | Feb 26, 2023
आइएमई पेमा बैंक लिंक भुक्तानी सुविधा, लिंक गर्दा १०० रुपैयाँसँगै अरु पनि अफर


काठमाडौं। आइएमई पेले ‘पे विथ लिंक बैंक’ सुविधा थप गरेको छ। यो सुविधा अन्तर्गत अबदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरि आइएमई पेमार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू पाउने छन्।

Tata
GBIME
NLIC

यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक लिंक गरेवापत एक सय रुपैयाँ र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्युआर भुक्तानी एवम् क्युएफएक्सको फिल्म टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा २ सय ५० देखि ७ सय रुपैयाँसम्म क्यासब्याक बैंक लिंक गरी कारोबार गर्दा प्राप्त हुने बताइएको छ।

थपिएको यस सेवाले बैंक प्रयोगकर्ताहरूलाई लिंक बैंकबाट नै सजिलोसँग भुक्तान गर्न मिल्ने विशेषता प्रदान गर्ने र ठूलो रकमको भुक्तानीमा पनि सिधैं पे विथ लिंक बैंक छनोट गरि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।