माईखोला हाइड्रोपावरले १९ करोड बराबरको आइपीओ ल्याउने, बोर्डले दियो स्वीकृति

बिजमाण्डू
२०७९ फागुन ५ गते १४:४९ | Feb 17, 2023
माईखोला हाइड्रोपावरले १९ करोड बराबरको आइपीओ ल्याउने, बोर्डले दियो स्वीकृति


काठमाडौं। माईखोला हाइड्रोपावरले लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणमा जारी पुँजीको ४९ प्रतिशत आइपीओ निष्कासन गर्ने भएको हो।

Tata
GBIME
NLIC

जसका लागि कम्पनीले बुधबार नेपाल धितोपत्र बोर्डबाट सेयर निष्कासन तथा बिक्रीको अन्तिम स्वीकृति पाएको छ।

बोर्डबाट निष्कासन अनुमति पाइसकेको कम्पनीले छिटै १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता आइपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले सेयर प्रति कित्ता १०० रुपैयाँका दरले बिक्री बिक्री गर्ने छ। यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ।