‘पछिल्लो दुई महिना अर्थतन्त्रमा सुधार देखिएको छ, तर यो स्थायी खालको छैन’- प्रधानमन्त्री

बिजमाण्डू
२०७९ माघ २९ गते २२:०४ | Feb 12, 2023
‘पछिल्लो दुई महिना अर्थतन्त्रमा सुधार देखिएको छ, तर यो स्थायी खालको छैन’- प्रधानमन्त्री


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो दुई महिनामा अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताउँदै यो स्थायी खालको नभएको बताएका छन्।

Tata
GBIME
NLIC

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘सेजन अवार्ड’ तथा ‘नेपाली अर्थतन्त्रको अबको बाटो-२’ सम्मेलनलाई संबोधन गर्दै अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताए। उनले अबको आर्थिक विकासलाई लागि कृषिलाई नै प्राथमिकतामा राख्नुपर्ने बताए।

प्रधानमन्त्री दाहालले आर्थिक विधेयकहरुलाई उच्च प्राथमिकतामा राखेको बताए।  देशलाई आर्थिक निकास दिन विधेयकलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।

उनले अर्थतन्त्रका कारण निराश हुनुपर्ने अवस्था नभएको बताउँदै नेपाल श्रीलंकाजस्तो नहुने जिकिर गरे। दाहालले सरकारको न्यूनतम साझा कार्यक्रममा अब मुलुकले लिनुपर्ने बाटोको बिषय उल्लेख  गरेको बताए।