आशा लघुवित्तको लाभांश पोहोरभन्दा घट्यो, सेयरधनीले पाउने भए २१% लाभांश

बिजमाण्डू
२०७९ माघ २४ गते १२:२७ | Feb 7, 2023
आशा लघुवित्तको लाभांश पोहोरभन्दा घट्यो, सेयरधनीले पाउने भए २१% लाभांश


काठमाडौं। आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

लघुवित्तको माघ २३ गते बसेको संचालक समितिको बैठकको निर्णयले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल लघुवित्तको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रहेको छ। लघुवित्तले यसको २० प्रतिशतले हुन आउने ६ करोड ६७ लाख ८२ हजार बराबरको बोनस सेयर वितरण गर्दै छ।

कर प्रयोजनका लागि १.०५ प्रतिशतले हुन आउने ३५ लाख १४ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गर्ने छ।

लघुवित्तले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लगानीकर्ताहरुलाई २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गरेको थियो।