६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिटेन्स भित्रियो, शोधनान्तर बचत एक खर्ब नजिक

बिजमाण्डू
२०७९ माघ २३ गते १५:४६ | Feb 6, 2023
६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिटेन्स भित्रियो, शोधनान्तर बचत एक खर्ब नजिक


काठमाडौं। पोहोरको तुलनामा बिदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स २४.३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सोमबार पुस मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गर्दै रेमिटेन्स ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ भित्रिएको छ।

Tata
GBIME
NLIC

जबकी पोहोर रेमिटेन्स बृद्धि दर ५ प्रतिशतले घटेको थियो।

अमेरिकी डलरमा पनि रेमिटेन्स १३.९ प्रतिशतले घटेको छ। पुससम्म ४ अर्ब  ५० करोड डलर भित्रिएको छ।

पोहोर बर्षभरी नै ऋणात्मक रहेको शोधनान्तर पुस मसान्तसम्म आइपुग्दा करिव एक खर्बले बचतमा पुगेको छ। राष्ट्र बैंकका अनुसार शोधनान्तर बचत ९७ खर्ब १० करोड रुपैयाँ पुगेको छ।

चालु खाता घाटा भने यथावत छ। यद्यपी पोहोरभन्दा घाटा कम हो। यसपाली २९ अर्ब ४७ करोड रुपैयाँ चालु खाता घाटामा छ। पोहोर ३५३ अर्ब १६ करोड घाटामा थियो।