
काठमाडौं। सुपरमाई हाइड्रोपावर लिमिटेडले आजदेखि २६ गतेसम्म आमसर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। कम्पनीले परियोजना प्रभावित र रोजगारीमा गएकालाई सेयर बाँडफाँट गरिसकेको छ।
कम्पनीले जारी पुँजी ५० करोडको सेयर जारी गरेको हो। अब सर्वसाधारणले ४ लाख १५ हजार कित्ता सेयरका लागि दाबी गर्न पाउने छन्।
कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम २० हजार कित्तासम्मलाई आवेदन भर्न सकिन्छ।
७.८ मेगावाट क्षमताको परियोजनाको प्रति मेगावाट लागत १९ करोड ८ लाख रुपैयाँ अनुमान गरिएको छ।