आइएमई लाइफ इन्स्योरेन्सको जारी गर्‍यो नयाँ बोनस दर, न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ

बिजमाण्डू
२०७९ माघ १५ गते १२:२५ | Jan 29, 2023
आइएमई लाइफ इन्स्योरेन्सको जारी गर्‍यो नयाँ बोनस दर, न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ


काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर जारी गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि बीमालेखहरुमा न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस तोकेको छ।

Tata
GBIME
NLIC

सावधिक तथा सामूहिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि ३२ रुपैयाँ छ। यस्तै १० देखि १४ वर्ष अवधिको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३८ रुपैयाँ तोकिएको छ।

यसैगरी २० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ र २५ देखि २९ वर्ष अवधिलाई ६३ रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार ३० र सो भन्दा माथिको अवधिको लागि ७० रुपैयाँ बोनस दर कायम गरिएको छ।

सावधिक/अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा ९ वर्ष देखि १४ वर्ष अवधिसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष सम्म ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्म ५० रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ ३० र सो भन्दा माथिको अवधिलाई ७० रुपैयाँ छ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्षसम्म ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३५ रुपैयाँ,२० देखि २४ वर्षसम्म ४८ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६३ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ।

यसैगरी वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) योजनामा १० देखि १४ वर्ष सम्मको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६० रुपैयाँ छ।

वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता) अन्तर्गत सम्पुर्ण बीमा अवधिका लागि २० रुपैयाँ बोनस दर तोकिएको छ।

कम्पनीको २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि मुनाफामा सरिक हुने बीमालेखहरुमा नयाँ बोनस दर कायम गरेको कम्पनीले जनाएको छ।