
काठमाडौं। महिन्द्रा गाडीको ४ वटा मोडलको मूल्य ६० हजारदेखि १ लाख १० हजार रुपैयाँसम्म बढेको छ। महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पोरेटेडले आइतबार अधिकतम खुद्रा मूल्य जारी गर्दै गाडीको मूल्य बढेको जनाएको हो।
कम्पनीले एसयुभी सेगमेन्टमा स्कोर्पिओ एस-५ टु ह्वील ड्राइभ (७/८/९ सिटर) नयाँ मूल्य ५६ लाख ५० हजार रुपैयाँ भएको छ। यसअघि ५५ लाख ५० हजार रुपैयाँ थियो। यसमा कम्पनीले १ लाख रुपैयाँ मूल्य बढाएको छ।
यसैगरी अर्को स्कोर्पिओ एस-५ फोर ह्वील ड्राइभको मूल्य पनि १ लाख १० हजार रुपैयाँले बढेको छ। यसको मूल्य ५९ लाख ९० हजारबाट ६१ लाख रुपैयाँ भएको छ। यस्तै कम्पनीले नयाँ मोडल एक्सयुभी-७०० एएक्स७एल एमटीको मूल्य १ करोड ५० लाख रुपैयाँ तोकेको छ।
यस्तै अन्य सिंगल क्याब सेगमेन्टको बोलेरो म्याक्सीट्रक प्लस पीएस टु ह्वील ड्राइभको मूल्य ६० हजार रुपैयाँले बढेर २० लाख ३५ हजार रुपैयाँ कायम गरेको छ। यसको यसअघि १९ लाख ७५ हजार रुपैयाँ तोकिएको थियो।
यसैगरी कम्पनीका अनुसार बोलेर क्याम्पर एससी एक्सएल एफबी टु ह्वील ड्राइभको पनि ६० हजार रुपैयाँ मूल्य बढेको छ। यसको यसअघि २३ लाख ६० हजार रुपैयाँ कायम गरिएको थियो।