
काठमाडौं। माउन्टेन मग कफीले काठमाडौंको हात्तीसारस्थित ‘हात्तीसार हब’मा नयाँ आउटलेट संचालनमा ल्याएको छ। योसँगै माउन्टेनको आउटलेट तीन वटा पुगेको छ।
कफी पारखीलाई लक्षित गर्दै हात्तीसारमा नयाँ आउटलेट संचालनमा ल्याएको कम्पनीका प्रवन्धक किरोज मगर जानकारी दिए।
यो कफीको मुख्य आउटलेट नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा सञ्चालनमा छ भने पाल्पामा पनि सञ्चालनमा रहेको छ।
उनका अनुसार अर्को वर्षभित्र बिर्तामोड र धनगढीसहित काठमाडौंका मुख्यमुख्य स्थानमा आउटलेट विस्तार गर्ने तयारी छ।