शोधनान्तर बचत ४५ अर्ब पुग्यो, सरकारको चालु खाताको घाटामा सुधार हुँदै

बिजमाण्डू
२०७९ पुष २९ गते १३:३९ | Jan 13, 2023
शोधनान्तर बचत ४५ अर्ब पुग्यो, सरकारको चालु खाताको घाटामा सुधार हुँदै


काठमाडौं। शोधनान्तर स्थितिमा थप सुधार भएको छ। चालु वर्षको पाँच महिनामा शोधनान्तर बचत ४५ अर्ब ८७ करोडले बचतमा देखिएको हो।

Tata
GBIME
NLIC

राष्ट्र बैंकको तथ्यांक अनुसार असोज मसान्तसम्म २० अर्ब ३ करोड बचतमा रहेको शोधनान्तर मंसिर महिनामा २५ अर्ब ८५ करोडले वृद्धि भएको हो।

पोहोर यो अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा छ।

यस्तै सरकारको चालु खाता घाटामा पनि केही कमी आएको छ।

चालु वर्षको पाँच महिनामा चालु खाता ३७ अर्ब ९१ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ९८ अर्ब ५१ करोडले घाटामा थियो।