
काठमाडौं। एमालेले नयाँ सरकारलाई विश्वासको मत दिने अथवा नदिने अनिश्चित भएपछि सेयर बजारको लय बिग्रिएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कांग्रेसले विश्वासको मत दिने भएपछि एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षमा बस्ने चर्चाले बजारले ओरालो यात्रा तय गरेको थियो।
विशेषगरी सेयर बजार र निजी क्षेत्रको मनोबल बढाएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल नै नरहने आशंकाले बजारमा फराकिलो उतारचढाव आएको हो। त्यो बेलामा बजार ९८ अंकको उतारचढाव थियो।
उच्च मनोबलसहित २२७७.४२ अंकको माथिल्लो विन्दुसम्म पुगेको परिसूचक २१७९.६४ अंकसम्म ओर्लिएको थियो।